एचआईडिसिएलको १.६८ करोड कित्ता सेयर पुनः बिक्रिमा, न्यूनतम मूल्य कति ?

अर्थकागज
प्रकाशित: २२ साउन २०८१
Image description

हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडिसिएल) ले हकप्रद मार्फत बिक्रि नभएको संस्थापक समुहको सेयर पुनः गोप्य शिलबन्दी प्रक्रिया मार्फत बिक्रि गर्न लागेको हो । कम्पनीले यस अघि पनि लिलामी प्रक्रियाबाट बिक्रि गर्ने प्रक्रिया सुरु गरेता पनि उक्त सेयर बिक्रि भएको थिएन ।

कम्पनीको संस्थापक शेयरधनी समूह ‘क’ उप समूह क–२ को “अन्य संस्थापक” अन्तर्गत अवितरित हकप्रद शेयर मध्ये लिलाम बढाबढ प्रक्रिया मार्फत बिक्री नभई बाँकी रहेको १ करोड ६८ लाख ५९ हजार ५० कित्ता शेयर गोप्य शिलबन्दी प्रक्रिया मार्फत बिक्रि गर्न लागेको हो ।

धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका, २०७४ को निर्देशन नं. १५ को अधिनमा रही उक्त शेयरहरु खरीद गर्न ईच्छुक जो कोही व्यक्ति, संस्था वा कम्पनीले साउन २९ गतेदेखि भदौ ६ गतेभित्र कम्पनीको बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटल र ग्लोबल आईएमई बैंकका विभिन्न शाखाहरुमा आईपुग्ने गरि खरिख गर्न इच्छुक कित्ता र मूल्य सहित पुनः गोप्य शिलबन्दी बोलपत्र आवेदन पेश गर्न सक्नेछन् ।

कम्पनीले उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकेको छ । इच्छुक आवेदकले न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पुर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् ।


प्रतिक्रियाहरू

Raj karki

8 months ago

Malai 20 kitta chahiyako thiyo sir kk chahinxa kun thau bat varne ho malai chahiyo sir

[email protected]

8 months ago

Yo share kinera kati dinma khatama aux ani khataaune bittikai bechna milxki nai

[email protected]

8 months ago

200 prati kittama 1000 kitta kinna chahanxu

Krishna bahadur karki

8 months ago

Ma ne kina chanxo k k chainxa kaj patra sir

Durga

8 months ago

Yo share kinera Paro vane secondary market ma turanta sale garna milxa ki mil daina??

Prakash maharjan

8 months ago

1000

सम्बन्धित खबर