मिर्मिरे लघुवित्तको एफपीओ आजदेखि बिक्री खुला

अर्थकागज
प्रकाशित: २५ असोज २०८०
Image description

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको एफपीओ आजदेखि बिक्री खुला भएको छ । संस्थाले

१ करोड २३ लाख ८१ हजार ६४५ रुपैयाँ बराबरको थप सार्वजनिक निश्कासन एफपीओ बिक्री खुला गरेको हो । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पुँजी संरचना ३० प्रतिशत कायम गर्न यो लघुवित्तले एफपीओ निष्कासनमा ल्याएको संस्थाले जनाएको छ ।

लगानीकर्ताले एफपीओमा असोज ३० गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा कात्तिक ९ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

यो एफपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ । क्रेडिट रेटिङ संस्था इक्रा नेपालले यस एफपीओलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जानाउने ‘इक्रा इस्यूअर रेटिङ बी माइनस’ प्रदान गरेको छ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर