सिटिजन्स लाइफको आईपीओ बाँडफाँड कहिले ? यस्तो छ क्यापिटलको तयारी

अर्थकागज
प्रकाशित: २० भदौ २०८०
Image description

काठमाडौं । लगानीकर्ताको रोजाइमा परेको सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले निश्कासन गरेको आईपीओको बाँडफाँडको तयारीमा एनआईएमबि एस क्यापिटल लिमिटेड जुटेको छ । क्यापिटलको अनुसार अर्काे हप्ताको अन्तिम तिर आईपीओ बाँडफाँडको लागि तयारीका साथ काम भैरहेको छ ।

क्यापिटललाई अर्थ कागज डट कमले सिटिजन्सको आईपिओ बाँडफाँड कहिले हुन्छ ? भनेर सोधेको थियो । अर्थ कागजको प्रश्नको उत्तर एनआईएमबि एस क्यापिटल यस्तो छ-'आईपीओको आवेदन माथि भेरीफाईको काम भैरहेको छ, हिजो आज धेरै वटा कम्पनीको सेयर खुला भैरहेकोले सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको भेरीफाइ प्रकृयामा ढिला भएको कारण सिटिजन्सको आईपीओ बाँडफाँड आउने हप्तको अन्तिम तिर बाँडफाँड हुनेछ । यति सिडिएस को भेरीफाइ प्रकृया छिटो भएको खण्डमा अर्काे हप्ताको बीच तिरको मितिमा पनि हुन सक्नेछ । क्यापिटल तर्फबाट छिटो भन्दा छिटो आईपीओ बाँडफाँडको लागि काम भैरहेको छ ।'

अर्काे हप्ता भित्र सिटिजन्सको आईपीओ बाँडफाँड हुनेछ । कम्पनीले भदौ १५ गतेबाट भदौै १९ गतेसम्म आईपी जारी गरेको थियो । कम्पनीले जारी अंकित मूल्य १ अर्ब १२ करोड ५० लाख बराबरको सर्वसाधारण समूहको सेयर प्राथमिक सार्वजनिक निश्कासन गरेको मध्ये ५ प्रतिशत (५,६२,५०० कित्ता) कर्मचारीहरुलाई र ५ प्रतिशत (५,६२,५०० कित्ता) सामूहिक लगानी कोषको लागि सुरक्षित गरी बाँकी १ करोड १ लाख २५ हजार कित्ता सर्वसाधारणका लागि जारी गरेको थियो । कम्पनीले जारी गरेको सेयरमा १५ लाख ४१ हजार ९१४ जना आवेकबाट आवेदन परेको छ । माग भन्दा धेरै आवेदन परेकोले आईपीओ बाँडफाँड गोलाप्रथाबाट हुनेछ ।


प्रतिक्रियाहरू

Subhadra

2 years ago

Golapra

सम्बन्धित खबर