नविल सेक्युरिटिज सञ्चालनको अन्तिम तयारी

अर्थकागज
प्रकाशित: ०६ भदौ २०८०
Image description

काठमाडौं । नविल सेक्युरिटिज लिमिटेड अब संचालन आउने भएको छ । यो नविल बैंकको सहायक कम्पनी हो ।

नविल सेक्युरिटिजले दरबारमार्गको तीनधारामा कार्यालय राखेको छ । नविल सेक्युरिटिजले धितोपत्र दलालदेखि डिलरसम्मको र ब्रोकरदेखि बजार निर्मातासम्मको काम गर्नेछ ।

धितोपत्र बोर्डको नियम अनुसार नविलले १५ सय वर्गफिटको न्युनतम मापदण्ड भन्दा पनि बढि २६ सय वर्गफिटमा कार्यालय स्थापना गरेको छ ।

धितोपत्र बोर्डले तीन तहका ब्रोकर लाइसेन्स खुला गर्दा सबैभन्दा धेरै न्युनतम चुक्ता पूँजी २० करोडका लागि सबैभन्दा धेरै आवेदन परेको थियो भने ६० करोड चुक्त पूँजी भएको ब्रोकरका लागि तीन वटाको मात्रै आवेदन परेको छ भने १५० करोडका लागि नविलको मात्रै परेको थियो । नविल सेक्युरिटिजले ७७ नम्बरको ब्रोकरबाट सेयर खरिद बिक्री गर्नेछ ।


प्रतिक्रियाहरू

Samar

2 years ago

commodity market ni stat hune ho

Samar

2 years ago

commodity market ni stat hune hjr ko m

Krishna prasad Sapkota

2 years ago

I like

Madhav raj Pokhrel

2 years ago

Congratulations

सम्बन्धित खबर