छुट्ला है ! दरमखोला हाइड्रो इनर्जीको आईपीओ आबेदन दिने आज अन्तिम दिन
प्रकाशित:
१९ साउन २०८२
काठमाडौं । दरमखोला हाइड्रो इनर्जी लिमिटेडको निष्काशन गरेको आईपीओमा आवेदन दिने आज (साउन १९) अन्तिम दिन रहेको छ ।
कम्पनीले आफ्नो जारी पुँजीको ३८.३३ प्रतिशत अर्थात् प्रतिकित्ता अंकित मूल्य १०० रुपियाँका दरले ३९ लाख ५० हजार कित्ता आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो ।
जसअनुसार पहिलो चरणमा आयोजना प्रभावितलाई १० लाख ३० हजार ५०० कित्ता र वैदेशिक रोजगारी गएका नेपालीलाई २ लाख ९१ हजार १५० कित्ता निष्कासन गरी बाँडफाँट गरिसकेको छ ।
त्यस्तै, सर्वसाधारणसमा निष्कासन हुने २९ लाख १९ हजार ५०० कित्ता सेयरमध्ये कम्पनीका कर्मचारीलाई ५८ हजार ३९० र सामूहिक लगानी कोषलाई १ लाख ४५ हजार ९७५ कित्ता सुरक्षित गरी बाँकी रहेको २४ लाख २३ हजार १८५ कित्ता सेयर सर्वसाधारणमा निष्कासन गरेको छ ।लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन पाउनेछन् । यसमा बिक्री प्रबन्धकको काम लक्ष्मी सनराइज क्यापिटलले गरेको छ । माग भन्दा धेरै आवेदन परिसकेकोले आईपीओ गालाप्रथाबाट बाँडफाँड हुनेछ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares