डिप्रोक्स लघुवित्तको नाफामा उछाल, वितरणयोग्य मुनाफा ४० करोड

अर्थकागज
प्रकाशित: २९ साउन २०८१
Image description

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक वित्तिय विवरण अनुसार कम्पनीको नाफामा उल्लेख्य बृद्धि आएको छ ।

समिक्षा अवधिमा संस्थाले ५८ करोड १६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा ३३१.९२ प्रतिशतले बढि हो । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनील १३ करोड ४६ लाख नाफा कमाएको थियो ।

समिक्षा अवधिमा संस्था खुद ब्याज आम्दानी बढेर १ अर्ब ४७ करोड रुपैयाँ पुगेको छ जुन अघिल्लो आर्थिक बर्षको तुलनमा २४.०६ प्रतिशतले बढि हो । गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तको कुल सञ्चालन आम्दानी १ अर्ब ६९ करोड रुपैयाँ र सञ्चालन मुनाफा ९२ करोड ७६ लाख रुपैयाँ रहेको छ।

१ अर्ब ७० करोड ६१ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा १ अर्ब ९९ करोड रुपैयाँ सञ्चित छ। असार मसान्तसम्ममा लघुवित्तले ४० करोड ९४ लाख रुपैयाँ वितरणयोग्य मुनाफा आर्जन गरेको छ।

असार मसान्तसम्ममा लघुवित्तको प्रतिसेयर आम्दानी ३४ रुपैयाँ ९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २४.६७ गुणा रहेको छ। लघुवित्तको प्रतिसेयर नेटवर्थ २१६ रुपैयाँ ८० पैसा पुगेको छ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर