लक्ष्मी सनराइज बैंकको नाफा ४०.९७ प्रतिशतले बढ्यो, लाभांश क्षमता १२.३४ प्रतिशत

अर्थकागज
प्रकाशित: २९ साउन २०८२
Image description

काठमाडौं । लक्ष्मी सनराइज बैंकले गत आर्थिक बर्षको चौथो त्रैमाससम्मको वित्तिय विवरण प्रकाशित गरेको छ । प्रकाशित वित्तिय विवरण अनुसार बैंकको नाफामा बृद्धि देखिएको छ ।

बैंकले यस अवधिमा ४ अर्ब ११ करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४०.९७ प्रतिशतले बढि हो । अघिल्लो आर्थिक बर्षमा बैंकले २ अर्ब ९२ करोड रुपैयाँ नाफा कमाएको थियो।

समिक्षा अवधिमा खुद ब्याज आम्दानी भने ७.९९ प्रतिशतले घटेर ११ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ त्यस्तै सञ्चालन नाफा भने ३८.५५ प्रतिशत बढेर ६ अर्ब ९ करोड रुपैयाँ पुगेको छ।

बैंकले प्रकाशन गरेको प्रतिवेदन अनुसार कम्पनीको वितरणयोग्य नाफा ३ अर्ब ५ लाख रहेको छ जस अनुसार बैंकको लाभांश क्षमता १२.३४ प्रतिशत रहेको देखिन्छ । समिक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी १६.९१ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १८६.६३ रुपैयाँ रहेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर