नेपाल धितोपत्र बोर्डले दियो माबिलुङ इनर्जीलाई आईपीओ निष्कासनको अनुमति
प्रकाशित:
०१ असार २०८२
काठमाडौं । नेपाल धितोपत्र बोर्डले माबिलुङ इनर्जीलाई आईपीओ निष्कासनको अनुमति दिएको छ ।अनुमतिपछि कम्पनीले चुक्ता पुँजीको ४८।९९९८ प्रतिशतले हुन आउने कुल १८ करोड ९० लाख ५३ हजार रुपैयाँबराबरको १०० रुपैयाँ अंकित दरका कुल १८ लाख ९० हजार ५३० कित्ता आईपीओ निष्कासन गर्नेछ ।आईपीओ बिक्रीपछि कम्पनीको चुक्ता पुँजी ३८ करोड ५८ लाख २४ हजार रुपियाँ पुग्नेछ ।कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares