सम्पदा लघुवित्तको सेयर कारोबार आजदेखि हुने, कतिमा हुन्छ कारोबार ?
प्रकाशित:
०१ भदौ २०८१
साविकका साधना लघुवित्त र सबैको लघुवित्त बिच मर्जर पश्चात बनेको सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर कारोबार आजदेखि सुरु हुने भएको छ ।
मर्जर प्रयोजनका लागि रोक्का रहेको कम्पनीको सेयर कारोबार फुकुवा भएको हो । नेप्सेमा कम्पनीको कुल ७० लाख ८ हजार ५८३.४५ कित्ता सेयर सूचीकृत भएको छ ।
नेप्सेले कम्पनीलाई पहिलो कारोबारका लागि प्रतिकित्ता १ हजार ५७ रुपैयाँको ओपनिङ रेञ्ज प्रदान गरेको छ त्यसैले आज सोहि मूल्यका आधारमा पहिलो कारोबार हुनेछ । नेप्सेले कम्पनीलाई कारोबारका लागि ‘एमएमपीडीए’ संकेत प्रदान गरेको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares