सागर डिष्टिलरीले बोलायो साधारणसभा, प्रिमियममा आइपीओ जारी गर्ने

अर्थकागज
प्रकाशित: २१ कात्तिक २०८०
Image description

काठमाडौं । सागर डिष्टिलरी लिमिटेडले मंसिर १५ गते वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले आफ्नै  रजिष्टर्ड कार्यालयमा बिहान ९ बजे बार्षिक साधारणसभा बोलाएको हो । कम्पनीले साधारणसभामा विशेष प्रस्तावमा प्रिमियममा आइपीओ निष्कासन गर्ने प्रस्तावको एजेण्डा राखेको छ ।

त्यसका लागि कम्पनीको प्रबन्धपत्र संशोधन गर्न र आइपीओ निष्कासन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर