नेपाल मेटल कम्पनीको बार्षिक साधारणसभा सम्पन्न
काठमाडौं । नेपाल मेटल कम्पनीको लिमिटेडको अठ्ठाईसौ बार्षिक साधारणसभा आज सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष जनक बहादुर चन्दको अध्यक्षतामा सम्पन्न बार्षिक साधारणसभाले आर्थिक वर्ष २०८०/८१ को बार्षिक प्रतिवेदन प्रस्तुत गरी पारित गरेको छ ।
त्यसै गरी सभाले आर्थिक वर्ष २०८०/८१ को लेखापरिक्षण प्रतिवेदन, वासलात तथा निर्माणधिन अवधिका खर्चहरु विवरण प्रस्तुत गर्ने र आर्थिक वर्ष २०८०/८२ को लागि लेखापरिक्षकको नियुक्ति गर्ने तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गरेको छ । त्यसै गरी सभाबाट साधारण सभाको माइन्युट बुकमा दस्तखत गर्न संचालक समितिबाट र सेयरधनी मध्येबाट १ जना प्रतिनिधि मनोनयन गर्ने र नियमनकारी निकायबाट दिईएका निर्देशनका सम्बन्धमा कुनै निर्णय गर्नु पर्ने भएमा संचालक समितिले गर्ने गरी अधिारी प्रत्यायोजन गर्ने प्रस्ताव पारित भएको छ । सभामा सेयरधनीहरुले कम्पनी सचिव नियुक्त गर्न संचालक समितिलाई सल्लाह दिएका थिए ।
Shares