अरुण-३ जलविद्युत आयोजनामा स्थानीयको अवरोध, इप्पानको ध्यानाकर्षण


काठमाडौं । अरुण ३ जलविद्युत आयोजनामा भएको अवरोधप्रति स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इपपान) ले गम्भिर ध्यानाकर्षण गरेको छ ।
इप्पानले एक प्रेस विज्ञप्ती जारी गर्दै विदेशी लगानीमा निर्माणाधिन आयोजनामा भइरहेको अवरोधले नेपालको जलविद्युत विकासमा विदेशी लगानीलाई निरुत्साहित गर्ने हुँदा स्वतन्त्र ऊर्जा उप्पादकहरु चिन्तित भएको उल्लेख गरेको छ ।
आयोजना निर्माणका क्रममा निस्किएका कुनै पनि विवादलाई वार्ता र छलफलका माध्यमबाटै समाधान गरेर जान सकिने भन्दै यसका लागि अयोजान र स्थानीयका बीचमा सरकारले मध्यस्थता गरेर भएपनि वार्ताबाटै निकास दिई आयोजनाको काम यथाशक्य चाँडो सुचारु गराउन इप्पानले सरकारसँग माग गरेको छ ।
इप्पानले आयोजना निर्माणमा भइरहेको अवरोध हटाई काम सुचारु गराउनका लागि नेपाल सरकार, ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय र गृह मन्त्रालयलाई ध्यानाकर्षण गराएको छ ।
Shares