नेशनल हाईड्रोपावर १ करोड १४ लाख नोक्सानीमा


काठमांडौ । नेशनल हाईड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित वित्तिय विवरण अनुसार कम्पनीको खुद नोक्सानी घटेको छ ।
चैत्र मसान्त सम्ममा कम्पनीले १ करोड १४ रुपैयाँ खुद नाफा नोक्सानी व्यहोरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनी २ करोड २९ लाख रुपैयाँ खुद नाफा नोक्सानीमा थियो थियो । कम्पनीले विद्युत बिक्री आम्दानी बढाउन नसकेपनि खर्च नियन्त्रण गरेका कारण कम्पनीको खुद नाफा बढ्न पुगेको हो।
यस अवधिमा कम्पनीको बिद्युत बिक्रि आम्दानी भने ०.०८ प्रतिशतले बढेर २ करोड ९१ लाख ६३ हजार रुपैयाँ पुगेको छ। गत बर्षको सोहि अवधिमा कम्पनीले २ करोड ९१ लाख ४१ हजार रुपैयाँ बराबरको बिद्युत बिक्रि गरेको थियो ।
२ अर्ब ४६ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको प्रतिसेयर आम्दानी (ईपिएस) ६२ पैसा ऋणात्मक छ भने कम्पनीको प्रतिसेयर नेटवर्थ १०१.३३ रुपैयाँ रहेको छ ।
Shares