लाभांश र एफपीओ पारित गर्न बुटवल पावरले बोलायो साधारणसभा

प्रकाशित:
०४ पुस २०८१

काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेडले बार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले पुस २८ गते कार्की ब्यांक्वेट, बबरमहल, काठमाडौंमा बिहान ११ बजे साधारणसभा बोलाएको हो । सभाले कम्पनीले चुक्ता पुँजीको ५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ । साथै गत आवको वार्षिकसहित लेखापरीक्षकको प्रतिवेदनलगायतका वित्तीय विवरणमाथि पारित गर्नेछ । चालू आवका लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण पनि सभाले गर्नेछ ।
त्यसैगरी विद्युत उत्पादन अनुमतिपत्र हस्तान्तरण गर्ने, एफपीओ निष्कासन र सहयोग रकम अनुमोदन गर्ने लगायतका एजेण्डमा सभामा लगिनेछ । सभा प्रयोजनार्थ कम्पनीले पुस १८ गतेलाई बुक क्लोज तोकेको छ । पुस १७ गतेसम्म कायम शेयरधनी सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares