दिपक भट्टसित जोडिएको मुद्धामा मृगेन्द्रनाथ रिमाल पक्राउ
प्रकाशित:
०६ साउन २०८३
काठमाडौं । धितोपत्रसम्बन्धी कसुरमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले मृगेन्द्रनाथ रिमाललाई काठमाडौंको सिफलबाट पक्राउ गरेको छ ।
बिमा ऐन, २०७९ र धितोपत्रसम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसुरका फरार प्रतिवादी रिमाललाई पक्राउ गरिएको सीआईबीका प्रवक्ता एवं एसएसपी अनुपशमशेर राणाले जानकारी दिएका छन् ।
सोही प्रकरणमा व्यवसायी दीपक भट्ट समेत मुछिएका छन् । सम्पत्ति शुद्धीकरण कसुरमा उनी हाल थुनामा छन् । भट्टसहितका व्यक्तिहरूले अवैध तरिकाले सेयर ‘ट्रान्सफर’ गरेका आरोप छ ।
रिमाल नेपाल माइक्रो इन्स्योरेन्सका पूर्व प्रमुख कार्यकारी अधिकृत हुन् ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares