खोरङ्गा हाइड्रोपावरको साधारणसभा आज, आईपिओ निषशनको प्रस्ताव पारित हुँदै

अर्थकागज
प्रकाशित: ०७ असोज २०८१
Image description

काठमाडौं । खोरङ्गा हाइड्रोपावर लिमिटेडको साधारणसभा आज बिहान १० बजेदेखि कम्पनीको रजिष्टर्ड कार्यालय महाराजगंज, काठमाडौं सुरु हुनेछ । कम्पनीको भदौ ११ गते बसेको सञ्चालक समितीले साधारणसभा आज गर्ने निर्णय गरेको थियो ।

सभाले हाइड्रोपावरको आयोजना प्रभावित क्षेत्रका स्थानिय र सर्बसाधारणका लागि साधारण सेयर (आईपिओ) निष्काशन गर्ने प्रस्ताव सहित विभिन्न प्रस्ताव हरु पारित गर्नेछ । साथै सभाले गत आर्थिक बर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाबमा छलफल गरी पारित गर्ने छ भने चालु आर्थिक बर्षका लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित हुनेछ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर