नेप्सेमा कामना सेवा विकास बैंकको सेयर मूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?

प्रकाशित:
१५ असोज २०८१

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) कामना सेवा विकास बैंक लिमिटेडको बोनस सेयरमा मूल्य समायोजन भएको छ ।
बैंकले साधारणसभा तथा लाभांश प्रयोजनका लागि आज असोज १५ गते बुकक्लोज गर्ने निर्णय गरेका थिए त्यसैले हिजोसम्म नेपाल स्टक नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले मात्र साधारण सभामा सहभागि हुन र लाभांश प्रात गर्न सक्नेछन् ।
बैंकको ७ प्रतिशत बोनसपछि नेप्सेले प्रतिकित्ता ४ सय ३२ रुपैयाँ ३४ पैसा कायम हुने गरी मूल्य समायोजन गरेको छ । नेप्सेमा सोमबारको अन्तिमा कारोबार मूल्य ४ सय ६२ रुपैयाँ ६० पैसालाई आधार मानेर मूल्य समायोजन गरिएको हो ।
बैंकले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशतका दरले बोनस शेयर र कर प्रयोजनार्थसहित ५ प्रतिशतका दरले नगद लाभांश सहित १२ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको थियो ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares