कस्तो छ आझ मौसमको अवस्था ?

अर्थकागज
प्रकाशित: १९ फागुन २०८१
Image description

काठमाडौं । आज देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव परेको छ । आज पश्चिम नेपालमा आंशिकदेखि साधारणतया बदली भएको छ । कर्णाली र सुदूरपश्चिमका साथै लुम्बिनी प्रदेशमा आंशिक बदली भएको छ भने बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ । उच्च पहाडी र हिमाली क्षेत्रका एक/दुई ठाउँमा हिमपातको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसअघि केही दिन वर्षा भएर २ दिन मौसम खुलेको थियो । आज पुन: सामान्य बदली भएको हो ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर