सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ३० प्रतिशत लाभांश दिने

अर्थकागज
प्रकाशित: २१ माघ २०८१
Image description

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको माघ २१ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को संचित मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजी २ अर्ब ८० करोड ६५ लाखको ३० प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव गरेको हो। उक्त लाभांश नियमनकारी निकाय बीमा प्राधिकरणले स्वीकृति दिएपछि र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर