लक्ष्मी सनराईजका २ वटा म्युचुअल फण्डको लाभांश घोषणा
प्रकाशित:
१४ साउन २०८१
लक्ष्मी सनराईज बैंक लिमिटेड प्रवर्द्धक तथा लक्ष्मी सनराईज क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत संचालित लक्ष्मी उन्न्नत्ती कोष र लक्ष्मी भ्यालु फण्ड २ ले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेको छ ।
साउन १४ गते सोमबार अपरान्ह ४ बजे बसेको संचालक समितिको १४४औं बैठकले लक्ष्मी भ्यालु फण्ड २ इकाई धनिहरुलाई गत बर्षको मुनाफाबाट कर सहित ४.५ प्रतिशत नगद लाभांश र लक्ष्मी उन्नत्ती कोषका इकाई धनिहरुलाई गत बर्षको मुनाफाबाट कर सहित ७.५ प्रतिशत नगद लाभांश वितरणको घोषणा गरेको हो ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares