सेयरबजारलाई प्रभाव पार्ने, दबाबमा राख्ने अनि यसको स्वभाव परिवर्तन गर्ने केही मुख्य र सहायक तत्वहरु (सुवास चन्द्र भट्टराईको बिचार )

अर्थकागज
प्रकाशित: ३० जेठ २०८२
Image description

 सेयरबजार एक बस्तुगत साथै एक विभागिय बिषय हो! यस्को ज्ञान लिन पढेर मात्र , हेरेर मात्र होईन अनुभव गरेर पनि १००% कोहि विज्ञ हुदैनन! यस्का छिद्र प्वालहरु पनि प्रसस्त छन! यस्लाई प्रभाव पार्ने, दवावमा राख्ने अनि यस्को स्वभाव परिवर्तन गर्ने केहि मुख्य तत्वहरु छन त केहि सहायक तत्वहरु छन!

मुख्य तत्वहरु!

१) नीति ( Policy)[ आर्थिक नीति , वित्तीय नीति, मौर्दिक नीति, बजेट भाषण , कर नीति , नियामकिय नीति तथा Guideline, अर्थ मन्त्री , गभर्नर को Statement ईत्यादी यस्मा पर्छन! ]

२) Political Situation ( राजनैतिक अवस्था)

३) World Market Scenario

४) Investors’ Psychology and Behaviors

५)Fundamentals ( Financial Analysis, Economics Analysis, Risk Management, Board and management scenario Analysis देखि Financial Statement)

६) Technical Analysis ( Basic and advanced )

सहायक तत्वहरु!

1)Demand and Supply 2)Interest Rates 3) Market Sentiment 4) Balance of Payments 5) News and social Media. 6) GDP and Market Capitalization 7) Government Change and political stability 8 ) Money Supply and liquidity 9) ethical and unethical influence 10) Maturity 11) Strategy Of operators, Speculators 12) aggressive and defensive Market maker’s strategy 13) insiders Trading 14) lacking of Monitoring

नोटः बजारको नकारात्मक Parts !

1) group Trading and circular trading 2) Corning 3) Fake News and misuse of social media

4) lacking of TMS System 5) borrowing Concept Mentality of Investors and Traders 6) Lacking of Borrowing collateral trading system 7) No Real Market Capitalization Calculation In Nepal

   पढने पाठयक्रम र पढाउने व्यक्तित्व सुचिकरण नहुनु

      कुनै कम्पनि ५०% ले घट्यो भने पुरा सॅावा आउन १००% बढनु नै पर्ने ( Right and Bonus सेयर पाएको रहेनछ भने)

कुनै कम्पनी आज १०% घट्यो भने फेरि भोलि पल्ट १०% नै बढ्यो भने तेहि पुग्न सक्दैन जस्तै १०० भएको एक कम्पनीको मुल्य १०% घट्यो भने ९० हुन्छ … अनि भोली पल्ट १०% ले बढदा पनि ९९ मात्र हुन्छ!!

Special Notice:

   ऋण नै ऋणले बढेको बजार मा वियरिस आउछ आउछ नै!

बुल जादा सेयर कित्ताहरु संस्थागत लगानीकर्ता देखि ठुला लगानिकर्ताको portfolio मा हुन्छ भने वियरिस जादा सेयरका कित्ताहरु साना लगानिकर्ता को portfolio मा छरिएर बसेको हुन्छ! वियरिस बजारमा कम्पनीको Dividend Yield धेरै हुन्छ भने बुलिस बजारमा थौरे भएको हुन्छ! बुलिस बजारमा Market Performance: High अनि policy loose हुन्छ! वियरिस जादा Market Performance Weak अनि policy चाहिं Tight हुन्छ! यदि कम्पनीले Net worth बढाएन वा Returns दिएन भने Long term ले हार्छ भने Market benefit खाने ले जित्छ! जॅहा Compounding हुन्छ त्यॅहा Long Term Investing ले जितेर जान्छ!

बुझ्नु पर्ने तत्वहरु!

१) Traders( कारोबारीले ) ले Technical Analysis सिकेर Trading Strategy, Operator को tactics पनि बुझ्नु पर्छ! Trading Journal बनाएर Buy and sell Strategy अपनाउदै थौरै Capital लाई Building Capital तिर लानु पर्छ!

२) Investors ले सानो सानो Funds ले सेयर किन्दै जानु पर्छ! Fundamental principles, Analysis सिकेर बुझेर Buy And hold strategy अपनाउदै capital लाई Growing गर्दै जानु पर्छ!

बजार मा रहेका Market Participants र उनिहरुको रणनीतिक चाल …

1) Regulatory Bodies 2) Operators 3) Speculators

4) unseen Power 5) Market Makers a) Aggressive b) Defensive 6) Investors ( New/ trained) 7) Traders a) Swing b ) 72 hrs C) positional 8 )Brokers a) bullish b) pair c) bearish 9) Mutaul Fund 10) Insiders 11) Media 12) TA/FA 13) Mature Investor/ unskilled traders.

 Operators Strategy: बुझ्न यो सिद्धान्त बुझ्न जरुरी छ! के हो सर्कुलर ट्रेडिङ ?

धितोपत्रको दोस्रो बजारमा समूह मिलेर कुनै एक कम्पनीको सेयर एक व्यक्तिबाट अर्को र अर्कोबाट अर्को तर, आफ्नै समूहको सदस्यले खरिद गर्ने प्रक्रियालाइ सर्कुलर ट्रेडिङ भनिन्छ । यो सेयरको मूल्य बढाउन समूहका सदस्यभित्र हुने खरिद–बिक्री हो ।

के हो म्याचिङ ?

सेयर मूल्य बढाउन एउटै समूहका सदस्यले सल्लाह बमोजिम खरिद–बिक्री गर्ने प्रक्रिया हो । यसको अभ्यास प्रायः बहुखाता प्रयोग गर्ने कारोबारी एक खाताबाट बिक्री गर्ने र अर्को खाताबाट खरिद गर्छन् । यसले सेयर कारोबार गरेको देखिए पनि वास्तविक सेयरधनी भने परिवर्तन हुँदैन ।

के हो कर्नरिङ ?

एक व्यक्ति वा समूहले निश्चित कम्पनीको सेयर खरिद गर्दै होल्ड गर्ने प्रक्रिया हो । यसमा बजारमा कृत्रिम माग सिर्जना नहुँदासम्म त्यो समूहले उक्त कम्पनीको सेयर खरिद गरिरहन्छ । कुनै कम्पनीको सेयर कुनै व्यक्ति वा समूहको कब्जामा राख्नुलाई कर्नरिङ भनिन्छ ।

के हो पम्प एन्ड डम्प ?

सेयर बजारमा पम्प एन्ड डम्प पनि निकै प्रचलनमा रहेको अभ्यास हो । कुनै एक ब्यक्ति वा संस्था सेयर मूल्य कम भएका कम्पनी छनोट गरेर एकोहोरो खरिद मात्रै गर्छन् । आफूले चाहेको मूल्य कायम भएपछि उक्त सेयर बिक्री गर्ने प्रक्रियालाई पम्प एन्ड डम्प भनिन्छ ।

Risk Management

नेपाल मा Integrated Risk Management को असर हरु केके हुन! बुझ्नु पर्छ!

हालको अवस्था र Time frame Zone

बियरिस सकिएर बुल जाने अवस्था को ईतिहास मा कहिल्यै पनि बजारले ले पहिलो rally मै अगिल्लो High तोडेको थिएन! तेसैले मैले 2260 लाई तोडेर गएको बजार ३२०० लाई Break नगरिकन २९८२ लाई Entertain गरेर २५८४ मा बास बसेर मात्र उकालो लाग्छ भनेको हो! 3200 कटेपछि को Real bull अगि हामी Sideways मा छौ! जुन जुलाई अगस्त मा जहिले बजार बढेको ईतिहास पनि छ! ब्याजदर घटेको , अर्थतन्त्र सुधार हुदै गएको, नीतिहरु सुधार हुदै एव १/१ गर्दै खुकिलो बनाउदै गरेको अवस्था छ भने Demat and TMs Account Holders बढेको बढै छ! जस्ले ३२०० पार गर्न सजिलो छ! साउन मा पार गर्छ भन्ने अनुमान छ! पहिला को High breaking पछि २ हप्ता संग बजार उत्तालो भएर जानेछ.. पहिलो correction 37/3800 बरिपरि ४१८१ को विन्दु सम्म पनि पुग्न सक्छ! त्यॅहा बाट फेरि ५/६०० ॲक को corrections फेरि पनि देख्न सक्छौ हामी तर ३२०० लाई छुदैन! ३४/३५०० बाट हिडेको बजार 4181 मा बास बसेर माथिल्लो विन्दु बनाएर मात्र फर्कन्छ! जुन २०८३ भदौ मा हुन्छ भन्ने मेरो अनुमान हो! अर्थतन्त्र चलाएमान अझ भए …. extended periods हुन सक्छ! बजारको climax सम्म म रहने नै छु! बजारको Climate को विश्लेषन हजुरहरुले पनि गर्दै जानुहोस! …..

फरक मत राख्न सक्नु हुनेछ! 

तर्सथ, बजार मा options हरु धेरै हुन्छन! बजार Highly Dynamic हो! र छ पनि ! Dimensions हरु को angle फरक फरक कोण बाट विश्लेषन गर्नु पर्छ! सरकार , नीति अस्थिर हुदॅा Investing भन्दा Trading हावी हुन्छ! अनुभव र ज्ञान कमि एंव महत्वाकाक्षी बढी भएका युवापुस्ता हावी नै छन बजारको Social Media मा ……

Social Media ले बजारमा आउन चाहानेलाई रोक्छ पनि! प्रोत्साहान गर्छ पनि ….. ……. नॅया मानिस नॅया पैसा लिेएर प्रवेश गरुन भन्न चाहानु हुन्छ भने बजारको सकारात्मक पक्ष लेख्नुहोस! बजारमै कोहि न आउन लाग्छ भने नकारात्मक मात्र लेख्नुहोस! 

प्रतिक्रियाहरू

सम्बन्धित खबर