विश्व प्रसिद्ध ब्ल्याक भ्यिूको ३ वटा फोन एकै पटक नेपाली बजारमा सार्वजनिक


काठमाडौँ । विश्व प्रसिद्ध टेक्नोलोजी ब्राण्ड ब्ल्याक भ्यिू मोबाइल टेक्नोलोजीले एकै पटक ३ वटा मोबाइल फोन नेपाली बजारमा सार्वजनिक गरेको छ । आर्थिक संकट झेलिरहेको नेपाल टेक बजारलाई टेवा पुग्ने गरी अत्यन्तै आक्रमक मुल्यमा ब्ल्याक भ्यिूको मोबाइल सेट नेपाली बजारमा सवत्र उपलब्ध रहेको छ ।
ब्ल्याक भ्यिूले ब्ल्याक भ्यिू कलर ८ मोडलको युनिसक टि ६१६ प्रसेसर सहित ५० मेगापिकसल सामसुङ सेल क्यामरा जडित १३ औँ एन्ड्रोइड भर्सनको मोबाइल सेट तिन वटा फरक कलरमा सार्वजनिक गरेको छ । त्यस्तै ब्ल्याक भ्यिू एन २००० फोल्ड फोन, जसमा डबल डिस्प्ले रहेको छ भने युनिसक टि १०७ प्रोसेसर जडित रहेको छ । अर्को ब्ल्याक भ्यिू ए ५२ प्रो फोन, जसमा टि ६०६ अक्टा कोर प्रोसेसर रहेको १३ एन्ड्रोइड भर्सनको मोबाइल पनि ३ वटा कलरमा नेपाली बजारमा सार्वजनिक भएको छ । सुलभ दर, लोकप्रिय इन्टरफेस, प्रयोगकर्तामैत्री टेक्नोलोजी भएको कारण ब्ल्याक भ्यिू फोनमा ग्राहकहरुको चासो र रुची पछिल्लो समय निकै बढेको ब्ल्याक भ्यिूको अधिकारीक डिस्ट्रिब्युटर रियल डिल प्रा.लि का प्रबन्धक निर्देशक निकुञ्ज लाथ बताउँछन् ।
Shares