नेपालमा पुनः मनसुन सक्रिय, आगामी ३ दिन रातिको समयमा भारी वर्षा हुने
नेपालमा पुनःमनसुन सक्रिय भएको छ । आगामी तीन दिन रातिको समयमा भारी वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । कुनै कुनै ठाउँमा भने अति भारी वर्षाको समेत सम्भावना छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी केही दिन अघिल्ला दिनको तुलनामा मनसुन गतिविधि अलि सक्रिय हुने बताए । त्यसक्रममा आज, भोलि र पर्सि रातिको समयमा भारी वर्षा हुने सम्भावना छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुन न्यून चापीय रेखा सरदर स्थानको आसपास नै छ । तर अघिल्लो दिनको तुलनामा मनसुनी गतिविधि केही सक्रिय हुने सम्भावना छ ।
गत १२ घण्टामा पनि बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा वर्षा भएको छ । सिन्धुपाल्चोक र लम्जुङमा अति भारी वर्षा भएको छ ।
गत १२ घण्टाको अवधिमा सिन्धुपाल्चोकको मानेखर्कमा १४१।६ र ढुंगेमा ११७ मिलिमिटर वर्षा मापन भएको छ । यसैगरी लम्जुङको बेसिंशहरमा १०२।४ र खुदीबजारमा १००।३ मिलिमिटर वर्षा मापन भएको छ ।
आज राति कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
सोमबार राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एक(दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ ।
मंगलबार राति भने कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले आज बिहान जारी गरेको बुलेटिनमा उल्लेख छ ।
प्रतिक्रियाहरू
Chandra kc
1 year ago
भारि बर्षा गए रातिदेखि नै पर्न शुरु गरिसकेको छ अर्थ कागजले बल्ल आज थाहा पाएछ
Shares