आजदेखि दरमखोला हाइड्रोको आईपीओ बिक्री खुला, कसले कति आवेदन दिने ?

अर्थकागज
प्रकाशित: ०८ असार २०८२
Image description


काठमाडौं । दरमखोला हाइड्रो इनर्जी लिमिटेडले आज अर्थात असार ९ गते देखि आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारमा गएका नेपालीका लागि आईपीआ बिक्री खुला गरेको हो । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता अंकित मूल्य १०० रुपियाँका दरले ३९ लाख ५० हजार कित्ता आईपीओ सार्वजनिक निष्कासन गर्न अनुमति पाएको छ ।

क कसले आवेदन दिन पाउँछ ?

आयोजना प्रभावितलाई छुट्याइएको १० लाख ३० हजार ५०० कित्ता शेयरमा गुल्मीको मुसिकोट नगरपालिका तथा बाग्लुङका गल्कोट नगरपालिका र बडिगाढ गाउँपालिकाबासीले आवेदन दिन सक्नेछन् ।

त्यस्तै, सर्वसाधारणसमा निष्कासन हुने २९ लाख १९ हजार ५०० कित्ता शेयरमध्ये १० प्रतिशत अर्थात् २ लाख ९१ हजार १५० कित्तामा श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीले आवेदन दिन सक्नेछन् । दुवै समूहका लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन पाउनेछन् । निष्कासन बन्द असार २३ गते हुनेछ । तर आयोजना प्रभावितबाट पर्याप्त आवेदन नपरेमा साउन ६ गतेसम्म लम्बिनेछ ।

कहाँबाट आवेदन दिने ?

आयोजना प्रभावितले ग्लोबल आइएमई वामी शाखा, लक्ष्मी सनराइज बैंकको गलकोट शाखा र प्रभु बैंक गलकोट शाखाबाट आवेदन दिन सक्नेछन् । यता, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ । यसमा बिक्री प्रबन्धकको काम लक्ष्मी सनराइज क्यापिटलले गरेको छ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर