लाभांश र हकप्रद पारित गर्न रु रु जलबिद्युतले डाक्यो साधारणसभा, बुकक्लोज कहिले ?


काठमाडौं । लाभांशसहित हकप्रद निष्काशनको प्रस्ताव पारित गर्न रु रु जलबिद्युत आयोजनाले साधारणसभा आह्वान गरेको छ ।
कम्पनीको असोज १२ गते बसेको संचालक समिती बैठकले कार्तिक ११ गतेका लागि साधारणसभा आह्वान गर्ने निर्णय गरेको हो । कम्पनीको साधारणसभा बार्षिक साधारणसभा कार्तिक ११ बिहान ११ बजेदेखि लिसरा रिसेप्सेन,नक्साल काठमांडौमा सुरु हुनेछ ।
सभाले कम्पनीले गत आर्थिक बर्षबाट प्रस्ताव गरेको लाभांश पारित गर्नेछ । कम्पनीले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतका दरले बोनस सेयर र कर प्रयोजनार्थ ०.७८९ प्रतिशत लाभांश गरी कुल १५.७८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यस्तै सभाले बोनस शेयर वितरणपश्चात कायम चुक्ता पूँजीको ८० प्रतिशत अर्थात हाल कायम १० कित्ता बराबर नयाँ ८ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यस्तै सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्नेछ ।
कम्पनीले साधारणसभा प्रयोजनार्थ असोज ३० गते बुकक्लोज गर्नेछ त्यसैले असोज २९ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरु मात्र सभामा सहभागि हुन सक्नेछन् ।
Shares