तारागाउँ रिजेन्सी होटल्सको खर्च १ अर्ब नजिक
प्रकाशित:
१९ पुस २०८०
काठमाडौं । तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले विभिन्न शिर्षकमा १ अर्ब नजिक खर्च गरेको छ ।
आर्थिक वर्ष २०७९/२०८० को वार्षिक प्रतिवेदन अनुसार होटल्सले संचालन खर्च ४८ करोड ११ लाख ५२ हजार ११ रुपैयाँ, कर्मचारी खर्च ३३ करोड ५७ लाख ८९ हजार ७१३ रुपैयाँ, प्रासनिक खर्च ९ करोड १३ लाख ५२ हजार ९१ रुपैयाँ र बिक्री तथा प्रवद्र्धन खर्च ५ करोड ४३ लाख ७६ हजार ३२८ रुपैयाँ गरी कुल ९६ करोड २६ लाख ७० हजार १४३ रुपैयाँ खर्च गरेको छ ।
होटल्सले २७ औं वार्षिक साधारणसभा पौष २४ गते विहान ११ बजे नेपाल पर्यटन बोर्ड भृकुटीमण्डप, काठमाडौंमा बोलाएको छ ।
कम्पनीले चुक्ता पुँजीको ११ प्रतिशत नगद लाभांश (कर सहित) र ४ प्रतिशत बोनस सेयर (कर नगद लाभांशमा समायोजन गर्ने गरी ) लाभांश घोषणा गरेको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares