सोनापुर सिमेन्टको शेयर मूल्यमा लगातार दोस्रो दिन नेगेटिभ सर्किट

अर्थकागज
प्रकाशित: १२ कात्तिक २०८०
Image description

काठमाडौं । सोनापुर मिनरल्स एण्ड ओइल लिमिटेड को शेयर मूल्यमा लगातार दोस्रो दिन नकारात्मक सर्किट लागेको छ । सोमबार पनि कारोबार सुरु भए लगत्तै कम्पनीको शेयर मूल्य १० प्रतिशतले घटेको हो ।

आइतबारबाट कम्पनीको शेयर कारोबार सुरु भएको थियो । आइतबार कम्पनीको पहिलो कारोबार प्रति कित्ता ३५० रुपैयाँमा भएको थियो । पहिलो दिन १० प्रतिशतले मूल्य घटेर ३१५ मा कारोबार बन्द भएको थियो । आज सोमबार पनि यो समाचार तयार पार्दासम्म कम्पनीको शेयर मूल्य १० प्रतिशत घटेर प्रति कित्ता २८३.५० रुपैयाँ कायम भएको छ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर