सेवोनको इतिहासमा पहिलो पटक ८८ वटा सूचिकृत कम्पनी कारवाहीमा, कुन-कुन कम्पनी परे ? (सूचिसहित)
प्रकाशित:
११ मंसिर २०८०
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेवोन) को इतिहासमा पहिलो पटक सूचिकृत ८८ वटा कम्पनीलाई कारबाही भएको छ । आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमासिक विवरण ढिलो बुझाउने तथा नबुझाएका संस्थाहरुलाई बोर्डले कारबाही गरेको हो । बोर्डले दिएको समय अवधिको मिति भन्दा १ दिन ढिलो विवरण पेस गर्ने कम्पनीलाई पनि कारवाही गरेको सेवोनले जनाएको छ ।
बोर्डको कात्तिक २० गते बसेको सञ्चालक समिति बैठकले समयमै वित्तीय विवरण नबुझाउने र ढिलो बुझाउने कम्पनीलाई स्पष्टीकरण सोधेको हो ।
१५ दिनभित्र जवाफ पेश गर्न बोर्डले निर्देशन दिएको हो ।धितोपत्र बोर्डले ढिलो विवरण बुझाउने ६९ वटा कम्पनीलाई ५० हजार, वित्तीय विवरण नबुझाएका १८ कम्पनीलाई १ लाख रुपैयाँ जरिवाना गर्ने जनाएको छ । कराबाही पर्नेमा अधिकांश जलविद्युत् समूह र लघुवित्त समूहका लगानीकर्ता रहेका छन् । धितोपत्र बोर्डको पहिलोपटक यति ठूलो संख्यामा कम्पनीहरुलाई कारबाही गरिएको हो।
कारबाहीमा पर्ने कम्पनीहरु
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares