रिलायन्स फाइनान्स मर्जरमा जान पार्टनर खोज्दै, जेठ २८ मा बोलायो बार्षिक साधारणसभा

अर्थकागज
प्रकाशित: ०६ जेठ २०८२
Image description

काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेड मर्जरको मुख्य एजेण्डासहित को १५औं वार्षिक साधारणसभा जेठ २८ गते बोलाएको छ । सभा, अनुपम फुडल्यान्ड एन्ड ब्यांक्वेट प्रालि बत्तिसपुतली, काठमाडौंमा बिहान ११ बजेदेखि शुरु हुनेछ ।
सभाले विषेश प्रस्तावअन्तर्गत अन्य कुनै बैंक, विकास बैंक तथा वित्तीय संस्थासँग मर्जरमा जान उपयुक्त देखिएमा कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ ।यसका साथै गत आवको सम्पूर्ण वार्षिक प्रतिवेदनलगायतका वित्तीय विवरणमाथि छलफल गरी पारित गरिनेछ । साथै, चालू आवको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण हुनेछ ।
साधारणसभा प्रयोजनार्थ कम्पनीले जेठ १४ गते एक दिन बुक क्लोज गर्नेछ । तसर्थ जेठ १३ गतेसम्म कायम रहने शेयरधनीले सभामा सहभागिता जनाउन सक्नेछन् । 

प्रतिक्रियाहरू

* * * <a href="https://proofcheck.org/index.php?l9neyn">Win Free Cash Instantly</a> * * * hs=765e9289b57fa6a123b4893cb608a288* ххх*

10 months ago

ikemfl

* * * Win Free Cash Instantly: https://proofcheck.org/index.php?l9neyn * * * hs=765e9289b57fa6a123b4893cb608a288* ххх*

10 months ago

ikemfl

सम्बन्धित खबर