सर्वाेत्तम सिमेन्टको निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
काठमाडौंले । सर्वाेत्तम सिमेन्टल मंसिर २० गतेका दिन झापा जिल्लाको भद्रपुर–नगरपालिका वडा नं. ९ मा अवस्थित आप्mनोकारखाना स्थलमा निःशुल्क स्वास्थ्य शिविरकोआयोजना गरेकोछ । “सुखद जीवनका लागि हौँ निरोगी” भन्ने सन्देशका साथ गरिएको उक्त कार्यक्रममा कुल ४०८ जनाले निःशुल्क स्वास्थ्य परिक्षण गराएका छन् । कम्पनीले निःशुल्क औषधी समेत वितरण गरेकोछ । उक्त शिविरमा विभिन्न वरिष्ठ फिजिशियन, गाइनोकोलोजिष्ट, नेत्र विशेषज्ञ र डर्माटोलोजिस्ट लगायत अन्य २२ जना सहयोगीहरुले निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्नुभएका थिए । उद्योगका उपमहाप्रबन्धक नेत्रप्रसाद घिमिरेको नेतृत्वमा आयोजित उक्त कार्यक्रममा भद्रपुर नगरपालिकाका उपप्रमुख राधा कार्की, वडा नं. ९ का वडा अध्यक्ष राम प्रसाद दाहाल, तथा प्रगति टोल विकास समितिका अध्यक्ष टेक बहादुर रोक्का अतिथिका रुपमा उपस्थिति रहनुभएको थियो । आप्mनो सामाजिक उत्तरदायित्व बोध गर्दै उपमहाप्रबन्धक नेत्रप्रसाद घिमिरेले यस्ता निःशुल्क स्वास्थ्य शिविरका कार्यक्रम भविष्यमा पनि निरन्तर लिएर आउने लक्ष्य लिइएको बताउनु भएको छ । उहाँले सामाजिक उत्तरदायित्वका अन्य विभिन्न कार्यक्रमहरु पनि सञ्चालन गर्दैजान कम्पनी प्रतिबद्ध रहेकोजनाउनु भएकोछ ।
Shares