प्रभु इन्स्योरेन्सको २९ औं बार्षिक साधारणसभा सम्पन्न, लाभांश पारित, हकप्रद सेयर संशोधन

अर्थकागज
प्रकाशित: २३ साउन २०८२
Image description

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडको २९ औं बार्षिक साधारणसभा आज भव्य रुपले सम्पन्न भएको छ ।

कम्पनीको संचालक समितिका अध्यक्ष राजेन्द्र मल्लको अध्यक्षतामा सम्पन्न बार्षिक साधारणसभाले १८ प्रतिश बोनस सेयर र ०.९४७४ प्रतिशत नगद लाभांश पारित गरेको छ । त्यसै गरी सभाले कम्पनीको २८ औं बार्षिक साधारणसभाबाट ५०.१५ प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय भएकोमा आर्थिक वर्ष २०८०/८१ सम्मको बितरणयोग्य मुनाफाबाट १८ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव भए अनुसार कम्पनीको चुक्ता पुँजी बृद्धि हुने भएकाले ५०.१५ प्रतिशत हकप्रद सेयरलाई संशोधन गरी प्रस्तावित बोनस सेयर वितरण पश्चात कायम हुने चुक्ता पुँजीको ४७ प्रतिशत हकप्रद सेयर जारी गर्ने र हकप्रद सेयर पारित गर्दा भिन्न अंकमा आउने सेयरलाई संस्थापक सेयर र सर्वसाधाण सेयरको अनुपात कायमै राखी नजिकको पुरा अंक कायम गर्ने प्रस्ताव पारित गरेकोछ ।

त्यसै गरी सभाले संचालक समितिको तर्फबाट प्रस्तुत बार्षिक प्रतिवेदन उपर छलफल गरी पारित भएको छ ।

सभामा बोल्ने अधिकांश सेयरधनीहरुले यस आर्थिक वर्षमा लाभांश नघटाई दिन संचालक समितिलाई आग्रह गरेका छन् ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर