नेशनल लाइफको बोनसदर सार्वजनिक, कति पाइन्छ बोनस ?

अर्थकागज
प्रकाशित: २९ चैत २०८१
Image description

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स लिमिटेडले नयाँ बोनसद निर्धारण गरेको छ। कम्पनीको बीमाङ्कीय प्रतिवेदन नेपाल बीमा प्राधिकरणले स्वीकृत गरेसँगै कम्पनीको सबै बीमा योजनामा लागू हुने गरी बोनसदर निर्धारण भएको हो। कम्पनीले ‘सावधिक जीवन बीमालेख’ बीमा योजनामा बीमा अवधिअुनसार न्यूनतम ६४ रुपैयाँदेखि अधिकतम ८५ रुपैयाँसम्म प्रतिहजार बोनसदर निर्धारण गरेको छ। त्यस्तै कम्पनीले अर्काे बीमा योजना ‘सावधिक तथा आजीवन बीमालेख’ मा पनि बीमा अवधिअनुसार न्यूनतम ६४ रुपैयाँदेखि अधिकतम ८५ रुपैयाँसम्म बोनसदर कायम गरेको छ। कम्पनीले ‘अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख’ योजनामा बीमा अवधिअुनसार न्यूनतम ६३ रुपैयाँदेखि अधिकतम ६४ रुपैयाँसम्म प्रतिहजारका दरले बोनसदर घोषणा गरेको छ। साथै कम्पनीले यो बोनसदर अर्काे बीमाङ्कीय मूल्याङक्न प्रतिवेदन स्वीकृत नभएसम्म कम्पनीले भुक्तानी गर्ने दाबीहरूमा समेत लागू हुने जानकारी दिएको छ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर