प्राइम कमर्सियल बैंकको लाभांश घोषणा, नगद र बोनस कति ?
प्रकाशित:
०३ पुस २०८२
काठमाडौँ । प्राइम कमर्सियल बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बिहीबार बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८१ /८२ को मुनाफाबाट कुल ८.४२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । जसमा ८ प्रतिशत बोनस सेयर रहेको छ भने ०.४२१ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) रहेको छ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र सेयरधनीहरूले प्राप्त गर्नेछन्।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares