सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको IPO भर्नु भयो, आवेदन दिने आज अन्तिम दिन

अर्थकागज
प्रकाशित: २१ माघ २०८२
Image description

काठमाडौं । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडको निष्काशन गरेको आईपीओमा आवेदन दिनु भयो ? आवेदन नदिनु भएको भए आजै दिनु होला, किन कि आज आवेदन दिने अन्तिम दिन रहेको छ । कम्पनीले माघ १८ गतेदेखि आम सर्वसाधारणलाई ५ लाख ७२ हजार ४ सय ३१ कित्ता शेयर निष्काशन गरेको छ । लगानीकर्ताले आवेदन दिँदा न्युनतम १० कित्ता र अधिकतम ५० हजार कित्ताको लागि आवेदन दिन सकिने छ। शेयर निष्काशनको लागि कुमारी क्यापिटल बिक्री प्रबन्धक रहेको छ। सिडिएस एण्ड क्लियरिङ लिमिटेडको पछिल्लो तथ्याङ्क अनुसार मंगलबार साँझ ५ बजेसम्ममा कम्पनीको आईपीओमा मागभन्दा ४१.०६ गुणा बढी आवेदन परेको छ।

कम्पनीले यस अघि नै आयोजना प्रभावित स्थ्यनिय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई शेयर निष्काशन गरि बाँडफाँड गरिसकेको छ। नेपाल धितोपत्र बोर्डले मङ्सिर २५ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर