लगानीकर्ताले नपत्याएपछि ‘हिमालयन ८०-२०’ म्युचुअल फण्ड बिक्नलाई हम्मेहम्मे !

अर्थकागज
प्रकाशित: ११ भदौ २०८०
Image description

काठमाडौं । हिमालयन क्यापिटलले निश्कासन गरेको हिमालयन म्युचुअल फण्ड ‘हिमालयन ८०-२०’ बिकाउन हम्मेहम्मे परेको छ ।

व्यक्तिगत र संस्थागत लगानीकर्ताले ‘हिमालयन ८०-२०’ म्युचुअल फण्ड नकिनेपछि यतिखेर म्युचुअल फण्ड व्यवस्थापनलाई बिकाउन हम्मेहम्मे परेको हो ।

 केन्द्रीय निक्षेप प्रणाली (सिडिएससि)का अनुसार भदौं ११ गते बिहानसम्म ४० हजार ३४२ जना आवेदकबाट ४ करोड ३४ लाख ९७ हजार ३५० कित्ता इकाइको लागि आवेदन दिएका छन् ।

क्यापिटललाई ८ करोड ५० लाख कित्ता इकाई बिक्री गर्नु पर्नेछ । साउन ३२ गतेदेखि निष्काशन भएको ‘हिमालयन ८०-२०’ म्युचुअल फण्ड पहिलो चरणको समयमा नबिकेपछि भदौ १५ गतेसम्मको लागि आवेदन दिने मिति थप गरेको छ ।

थप गरेको समयमा पनि पुरै इकाई कित्ता नबिक्ने पक्का देखिएको छ । आवेदन दिन अब ५ दिन रहेको छ । ११ दिनमा आधा कित्ता इकाई पनि नबिकेको ‘हिमालयन ८०-२०’ म्युचुअल फण्ड अबको ५ दिनमा पुरै बिक्छ भनेर कल्पना क्यापिटलको व्यवस्थापनले समेत गरेका छैनन् ।

म्युचुअल फण्डप्रति लगानीकर्ताको चासो नहुनुको मुख्य कारण हो म्युचुअल फण्डले दिने प्रतिफल । म्युचुअल फण्डले उदेश्य अनुरुपको काम पनि गर्न नसक्नु अर्काे कारण हो । त्यसै कारण नेपाल धितोपत्र बोर्डले म्युचुअल फण्डहरुले आईपीओमा पाउँदै आएको कोटा खारेजी गर्ने तयारी गरेसँगै म्युचुअल फण्डप्रति लगानीकर्ता बिच्केका छन् ।

हिमालय क्यापिटलको व्यवस्थापन टिमलाई पनि लगानीकर्ताले विश्वास गरेका छैनन् । हिजोको दिनमा क्यापिटलका व्यवस्थापनको कामकारवाहीले सेयर बजारमा राम्रो छाप छोड्न सकेको छैन 

म्युचुअल फण्डमा लगानीगर्दा प्रतिफलको नपाईने सवै लगानीकर्ताले बुझिसकेका छन् । त्यसैले लगानीकर्ता ‘हिमालयन ८०-२०’ म्युचुअल फण्डमा लगानी गर्नबाट पछि हटेका हुन् ।

प्रतिक्रियाहरू

DP Pandey

1 year ago

Media ले सर्व साधारण लाई कुन मा लगानी garna ठीक कुन मा जोखिम भन्ने जानकारी garaunuu राम्रो काम हो. Tra निष्पक्ष र सत्य तथ्यमा आधारित हुनुपर्छ.

सम्बन्धित खबर