विद्युत बिक्री गर्दै आईरहेको सूर्यकुण्ड हाईड्रोले पुस ९ गतेदेखि आईपीओ जारी गर्ने

अर्थकागज
प्रकाशित: ३० मंसिर २०८२
Image description

काठमाडौं । सूर्यकुण्ड हाईड्रो इलेक्ट्रिक लिमिटेडले आईपीओ जारी गर्ने भएको छ । कम्पनीले पुस ९ गतेदेखि पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दाहरू र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निश्कासन गर्न लागेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल १३ लाख ७९ हजार ३५० कित्ता आईपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको थियो । स्वीकृति पाएसँगै कम्पनीले ६ लाख ८९ हजार ६७५ कित्ता आयोजना प्रभावित स्थानीय बासिन्दाहरूका लागि र ६८ हजार ९६७ कित्ता नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि जारी गर्न लागेको हो । सेयर निष्काशनको लागि कुमारी क्यापिटल बिक्री प्रबन्धक रहेको छ।

यस कम्पनीले नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिकामा ११ मेगावाट क्षमताको माथिल्लो तादी खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरि गत साउन देखि नेपाल विद्युत प्राधिकरणलाई विद्युत बिक्री गर्दै आएको छ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर