नबिल बैंकका आजसम्म कायम सेयरधनीहरुले मात्र लाभांश पाउने

अर्थकागज
प्रकाशित: ०९ मंसिर २०८१
Image description

काठमाडौं । नबिल बैंक लिमिटेडका आज आईतबारसम्म कायम सेयरधनीहरुले मात्र प्रस्तावित लाभांश प्राप्त गर्नेछन् ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले मंशिर १० गते, सोमबार, बुकक्लोज गर्नेछ त्यसैले आजसम्म कायम सेयरधनीहरुले मात्र लाभांश र बैंकको साधारण सभामा सहभागिता जनाउन पाउनेछन्।

बैंकले गत आर्थिक बर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १० प्रतिशत(कर सहित) का दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

बैंकको ४० औँ वार्षिक साधारण सभा मंसिर २७ गते, बिहीबार, राष्टिय सभा गृह, प्रदर्शनीमार्ग, काठमाडौँमा बिहान १० बजे शुरु हुनेछ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर