एसईईको नतिजा आज प्रकाशन हुने, नतिजा यहाँबाट हेर्नुहोस्

अर्थकागज
प्रकाशित: १३ असार २०८१
Image description

काठमाडौं । एसईईको नतिजा आज, बिहीबार सार्वजनिक गरिने भएकाे छ। माध्यमिक शिक्षा परीक्षाकाे नतिजा बिहीबार बिहान १० बजेसम्म प्रकाशित हुने भएको हाे।  राष्ट्रिय परीक्षा बोर्डकाे बुधबार बसेकाे बैठकले आज नतिजा प्रकाशित गर्ने निर्णय गरेकाे थियाे। बुधबार नै एसईईको नतिजा सार्वजनिक गर्ने भनिएतापनि प्राविधिक तयारी नपुगेकाे भन्दै आज नतिजा प्रकाशित गर्न लागिएकाे हाे।

नतिजा प्रकाशनका लागि आज बिहानै राष्ट्रिय परीक्षा बोर्ड बैठक बाेलाइएकाे छ। जसपश्चात एसईईको नतिजा सार्वजनिक गरिनेछ।

एसईई परीक्षा गत चैत १५ देखि चैत २७ सम्म संचालन भएकाे थियाे। साे परीक्षामा ५ लाख ४ हजार ४१४ विद्यार्थीहरू सहभागी भएका थिए।

नतिजा यहाँबाट हेर्नुहोस्  

प्रतिक्रियाहरू

सम्बन्धित खबर