आईएमई लाईफ इन्स्योरेन्सको साधारणसभाबाट २६.३१५८ प्रतिशत लाभांश पारित

अर्थकागज
प्रकाशित: २८ जेठ २०८१
Image description

काठमाडौं । आईएमई लाईफ इन्स्योरेन्स लिमिटेडको ७ औँ वार्षिक साधारण सभा आज जेठ २८ गते आम्रपाली ब्याङ्क्वेट, नक्साल, काठमाडौ भव्य र सभ्यरुपले सम्पन्न भएको छ ।
सभाले हाल कायम चुक्ता पूँजीको २५ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ १.३१ प्रतिशतका नगद गरी कुल २६.३१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित पारित गरेको छ । त्यस्तै, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने, सर्वसाधारण शेयरधनी समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने १ जना सञ्चालकको निर्वाचन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गरेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर