२०३ रुपैयाँमा प्रभु महालक्ष्मीको संस्थापक सेयर बिक्रीमा
प्रकाशित:
१८ साउन २०८२
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयर बिक्री खुला गरेको छ । कम्पनीले कुल १ aलाख ३० हजार ४४२ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । प्रतिकित्ता न्यूनतम २०३ रुपियाँ तोकिएको यो सेयर हाल कम्पनीकै विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद गर्न सक्नेछन् ।
शेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आवश्यक कागजातसहित ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय कमलादी, काठमाडौंमा निवेदन दिनुपर्नेछ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares