सेयरधनीलाई पुन : लगानीको अवसर ! वरुण हाइड्रोको १०० प्रतिशत हकप्रद आजदेखि बिक्री खुला
प्रकाशित:
३० असार २०८२
काठमाडौं । वरुण हाइड्रोपावर कम्पनी लिमिटेडको शतप्रतिशत हकप्रद शेयरमा आज (असार ३१ गते) देखि आवेदन दिन सकिने भएको छ ।
कम्पनीले १ः१ अनुपातमा प्रतिकित्ता १०० रुपियाँका दरले ५३ करोड ५८ लाख १५ हजार रुपियाँबराबरको ५३ लाख ५८ हजार १५० कित्ता हकप्रद शेयर निष्कासन गर्न नेपाल धितोत्रप बोर्डबाट अनुमति पाएको थियो । सोहीबमोजिम हकप्रद निष्कासन गर्न लागेको हो । निष्कासन बन्द साउन १९ गते हुने कम्पनीले जनाएको छ ।
हकप्रद शेयर निष्कासन प्रयोजनार्थ कम्पनीले जेठ २२ गते बुक क्लोज गरिसकेको छ । जेठ २१ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीले मात्रै कम्पनीको हकप्रद शेयरमा आवेदन दिन पाउनेछन् ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares