नेप्से परिसूचक १४ अंकले घट्यो, कारोबार रकम ७ अर्ब ९१ करोड

अर्थकागज
प्रकाशित: २७ कात्तिक २०८१
Image description

काठमाडौं । शेयर कारोबार आज १४ अंकले घटेर बन्द भएको छ ।आज शेयर बजार परिसूचक १४ दशमलव १२ अंकले घटेर २७३४ दशमलव ८३ विन्दुमा पुगेको छ । आज शेयर बजारमा कारोबार भएका अधिकांश कम्पनीको शेयर मूल्य घटेको दिन समग्र बजार परिसूचक राताम्य भएर बन्द भएको हो । आज १३८ कम्पनीको शेयर मूल्य घट्यो भने ९९ कम्पनीको शेयर मूल्य बढेको छ । त्यस्तै ७ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ५ दशमलव ०८ अंकले घटेर ४८३ दशमलव ६९ विन्दुमा पुगेको छ । आज १३ उपसूचकमध्ये ४ वटाको शेयर मूल्य बढेको छ भने बाँकी ९ वटाको शेयर मूल्य घटेको छ ।

परिसूचक दोहोरो अंकले घटेको दिन कारोबार रकममा भने सामान्य सुधार आएको छ । अघिल्लो दिन ७ अर्ब ८५ करोड माथिको कारोबार भएको बजारमा आज ७ अर्ब ९१ करोड भन्दा बढीको कारोबार भएको छ । बुधबारको कारोबार बन्द हुँदा सेयर बजारमा ३०८ कम्पनीका १ करोड ५३ लाख ६२ हजार २०६ कित्ता सेयर ७७ हजार ८६१ पटक खरिद बिक्री हुँदा ७ अर्ब ९१ करोड १९ लाख ७६ हजार ४४९ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज शेयरबजारमा कारोबार भएका कम्पनीमध्ये ५ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने एउटा कम्पनीको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर