सानिमा बैंकको लाभांश क्षमता २०.४७ प्रतिशत
काठमाडौं । सानिमा बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित वित्तिय विवरण अनुसार बैंकको नाफामा बृद्धि देखिएको छ ।
यस अवधिमा बैंकले २ अर्ब ५७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७.२४ प्रतिशतले बढि हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब ३९ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।
यस अवधिमा बैंकको खुद ब्याज आम्दानी करिब १२ प्रतिशतले घटेको छ भने सञ्चालन मुनाफा भने करिब ३ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा बैंकको निष्कृय कर्जा ०.५१ प्रतिशतबाट बढेर १.२१ प्रतिशत पुगेको छ ।
असार मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ७८ करोड रुपैयाँ रहको छ जस अनुसार गत आर्थिक बर्षको मुनाफाबाट बैंकले २०.४७ प्रतिशतसम्म लाभांश वितरण गर्न सक्ने क्षमता देखिन्छ ।
समिक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी बढेर १८ रुपैयाँ ९३ पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ १६८ रुपैयाँ ८३ पैसा रहेको छ ।
प्रतिक्रियाहरू
Saroj Uprety
8 months ago
हामिले नि सानो रकम जम्मा गर्न सक्छौ नि हजुर विदेशवाट जस्तै १ लाख नेपाली बाट शुरु गर्न सकिएला कि नाई ….🙏💶🙏
Shares