अरुणभ्याली हाईड्रोपावरको १०० प्रतिशत हकप्रदमा आजदेखि आवेदन दिन पाईने

अर्थकागज
प्रकाशित: १६ फागुन २०८०
Image description

अरुणभ्याली हाईड्रोपावर कम्पनी लिमिटेडले आज विहिबारदेखि १०० प्रतिशत हकप्रद सेयर निष्काशन तथा बिक्रि खुल्ला गरेको छ ।

कम्पनीले १ अर्ब ८६ करोड ७९ लाख ६२ हजार ६०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता हकप्रद शेयर निष्काशन गरेको हो।

हकप्रद शेयर निष्काशन प्रयोजनार्थ कम्पनीले माघ १५ गते बुकक्लोज गरेको थियो। यस अनुसार माघ १४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको हकप्रद शेयरमा चैत ७ गतेसम्ममा आवेदन दिई सक्नुपर्नेछ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। कम्पनीले हकप्रद शेयर निष्काशन गरी प्राप्त पूँजीको प्रयोग काबेली बी १ क्यासकेट जलविद्युत आयोजनाको लागि बैंक तथा वित्तीय संस्थाबाट लिएको दीर्घकालिन ऋणको आंशिक भुक्तानी गर्न र पिके हाइड्रोपावर लिमिटेडले निर्माण गर्ने लिखु खोला जलविद्युत आयोजनामा स्वपूँजी लगानी गर्नका लागि गर्नेछ।

प्रतिक्रियाहरू

Uttam Hamal

2 years ago

Asm sarbsdern laie katie keta varn pauxan ta

सम्बन्धित खबर