लगानीको नयाँ सम्भावन खोज्ने कसरी ? कुन क्षेत्रमा लगानी गर्ने ? (प्रबल जंग पाण्डेको बिचार)
१० खर्ब लगानी योग्य पुँजी, हरेक बर्ष रेमिट्यान्स बृद्धि , बैकको निक्षेपको व्याज घटने क्रम रोकिएको छैन, अहिले नै सबै जस्तो सम्भावना भएका क्षेत्र मा लगनी चाहिने भन्दा बढी भै सकेको छ । बैंकको व्याजको आम्दानीलाई मूल आम्दानी मान्ने बर्ग को आय अत्याधिक घटेको छ, केही बर्ष कर्जाको माग अप्रत्यासित बढ्ने देखिदैन, लगानीकर्ताहरु पहिले गरेकै लगानीबाट प्रतिफल प्राप्त गर्न नसकेर लगानी जोखिम घटाउन लागि रहेका छन् ।
अब गर्न के त ? लगानीको नयां सम्भावन खोज्ने कसरी ?? कुन क्षेत्र मा लगानी गर्ने ? मेरो बिचारमा
1. नीजि क्षेत्र लाई बिद्युत उत्पादन मात्र हैन , transmission र distribution मा पनि PPP मोडलमा नीजि क्षेत्र लाई लगानी को ढोका खोल्ने । सरकारले केही transmission line हरुमा नीजि क्षेत्र लाई लगानी को बाटो खुल्ला गरि रहेको छ । यो निकै स्वागत योग्य कदम हो , यसै गरी distribution मा पनि नीजि क्षेत्र लाई प्रोत्साहन गर्ने ।
2. हाल तीन वटा अन्तराष्ट्रिय बिमानस्थलमा राष्ट्रिय ध्वाजबाहक पर्याप्त नहुदा नयां सन्चालित बिमानस्थलहरु सदुपयोग हुन सकिरहेको छैन , काठमाडौ को अन्तराष्ट्रिय बिमानस्थलमा पनि बिदेशी बिमान सेवा को तुलना मा राष्ट्रिय ध्बजा बाहक को बजार हिस्सा नगन्य छ । उदाहरण को लागि नेपास भारत बिच दैनिक १२ वटा उडानमा भारतिय बिमान कम्पनिहरु हिस्ता ९० % भन्दा वढी छ । तसर्थ सरकार ले नेपाली नीजि बिमान कम्पनीहरु लाई प्रोत्साहन गरेर नेपाली बिमान कम्पनी सेवा बिश्व भर बिस्तारमा जोड दिनु पर्यो जसले नेपाली को लगानी गर्ने नया सम्भावना बढावस ।
3. Organic farming मा नीजि क्षेत्र लाई प्रोत्साहन , यसको सही branding द्वारा बिश्व बजार मा नेपाली कृषि उत्पादनको निर्यात ।
4. कृषि जन्य उत्पादन मा आधारित food processing industry मा जोड दिई बिदेशी उत्पादन लाई बिस्तापित गर्दै जाने departmental store मा जादा कम्ति मा ५० % सामान नेपाली उत्पादन ले बिस्तापित गर्न सकियोस ।
5. फलाम खानी PPP मोडलमा सन्चालन गरी फलाम जन्य पदार्थको परनिर्भरता घटाउने ।
6. पर्यटत को सख्या तीन बर्ष मा ५० लाख पुर्याउने र सो को लागि आवश्यक पुर्वाधारमा लगानी बढाउने ।
7. सुचना प्रबिधि नया सम्भावनाको क्षेत्र भएको ले यसलाई अझ प्रोत्साहन गरेर नेपाल लाई सुचना प्रबिधिको हव बनाउने ।
प्रबल जंग पाण्डे सिटिजन्स बैंकको संचालक समितिको अध्यक्ष र चर्चित व्यवसायी हुन् ।
Shares