कोशीका मुख्यमन्त्रीकी सालीलाई सोझै कम्प्युटर अपरेटरको नियुक्ति

अर्थकागज
प्रकाशित: १८ चैत २०८०
Image description

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशको पर्यटन विकास आयोजनामा आफ्नी साली शोभा बस्नेतलाई कम्प्युटर अपरेटरमा नियुक्ति दिलाएका छन् । 

असोज २७ मा कार्की मुख्यमन्त्री भएका थिए भने उनकी सालीको नियुक्ति गत पुसमा भएको छ । कोशीको पर्यटन विकास आयोजना पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गत पर्छ । सो मन्त्रालयको जिम्मेवारी माओवादी केन्द्रका नेता गणेश उप्रेतीले सम्हालिरहेका छन् ।

मन्त्री उप्रेतीले कर्मचारी नियुक्तिको तयारी गरिरहेका बेला मुख्यमन्त्री कार्कीले आयोजना प्रमुख कुलदीप यादवलाई नियुक्तिका लागि बस्नेतको नाम पठाएका थिए । स्रोतका अनुसार मुख्यमन्त्रीको निर्देशनपछि यादवले बस्नेतलाई कम्प्युटर अपरेटरमा नियुक्त गरेका थिए ।

केहि अघि मुख्यमन्त्री कार्कीले एक कार्यक्रममा फस्र्ट बेन्चमा बस्नेहरु अहिले खरदार र सुब्बा बनेको तर आँफु लास्त बेन्चर भएरपनि मुख्यमन्त्री बनेको अभिव्यक्ति दिएका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर