हिमालयन रि इन्स्योरेन्सले डाक्यो साधारणसभा, ८० प्रतिशत हकप्रद निष्काशन गर्ने

अर्थकागज
प्रकाशित: २७ माघ २०८०
Image description

हिमालयन रि इन्स्योरेन्स लिमिटेडले साधारणसभा आह्वान गरेको छ । कम्पनीले आज आईतबार एक सूचना जारी गर्दै लाभांश तथा हकप्रद पारितको प्रस्ताव सहित साधारणसभा आह्वान गरेको छ ।

कम्पनीको तेस्रो वार्षिक साधारण सभा फागुन २० गते, आइतबार, राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्ग, काठमाडौँमा बिहान ११ बजेदेखि शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.२१ प्रतिशतका दर नगद लाभांश वितरण गर्ने, बोनस सेयर वितरणपश्चात कायम चुक्ता पूँजीको ८० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

त्यस्तै, सभाले संस्थापकसमूहको तर्फबाट रिक्त रहेको पदका लागि एक जना सञ्चालक र सर्वसाधारण समूहको तर्फबाट २ जना सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनार्थ फागुन ७ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ जसअनुसार फागुन ६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्र साधारणसभामा सहभागी हुन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर