पुँजीबजारमा राजनीतिक प्रबेश !

अर्थकागज
प्रकाशित: १३ असार २०८१
Image description

पछिल्लो समयमा शेयरबजारमा राजतिक दलको प्रबेश भएका छन् । हालसालै मात्र नेकपा एमालेसँग आवद्ध शेयर लगानीकर्ताहरुले पुँजी बजार संघको स्थापना गरेका छन् ।शेयरबजारमा देखिएका समस्याहरको सशक्त रुपमा आवाज उठाए सरोकारवालाहरुसम्म पुर्याउने उदेश्यले रहेको बताउँछन सरोकारवालाहरु । शेयरबजारमा राजनीति प्रबेश गरेकोलाई लगानीकर्ताहरुले कसरी लिने छ भने हेर्न बाँकी नै छ । अबको दिनमा बिभिन्न राजनीतिक दलहरु शेयरबजारमा प्रबेश गर्ने देखिन्छ । यसले शेयरबजार पनि राजनीतिक करण हुने देखिन्छ । बिगतमा पनि थप्रै शेयरलगानिकर्ताहरुको संघहरु नभएका हाोइनन । तर राजनितक प्रत्यक्ष आबद्ध भएका संघहरु नभएको भन्ने जानकारहरु बताउने गरेका छन् । तर, शेयर लगानीकर्ताहरु कुनै दलसँग आबद्ध भए पनि संघहरुभने राजनीतिक दलसँग अलग्गे रहेको छ भन्दा पनि परक नपर्ला । त्यसोत नेपालमा हरेक क्षेत्रमा राजनीतिक हावी भइरहेका छन् । बिगतमा भए शेयरबजारका आन्दोलनहरुबाट संघ जन्मने गरेका थिए ।
अहिलेका रास्वपाका सासद हरि ढकाल पनि र हरि ढाकालको संघ पनि आन्दोलनबाट उदय भएका थिए । रास्वपाका सासद हरि ढकाल सासद बन्नु भन्दा पहिले शेयरलगानीकर्ता संघ शेयर लगानीकर्ता दवाब समहका अध्यक्ष थिए । तर शेयरलगानीकर्ता सघको अध्यक्ष सासद भए पनि शेयरबजार र शेयर लगानिकर्ताहरुको समस्याको बारेमा ससदमा आवाज उठाउन सकेनन् वा उठाएन र शेयर लगानप्कर्ताहरुको मागलाई सम्बन्धी निकाय सम्म पुर्याउन सकेन वा पर्यायनन् । त्यसोत नेपालमा शेयर लगानीकर्ताहरुको हक हित र अधिकारको लागि काम गर्ने भनेर थप्रै शेयर लगानीकर्ताहरुको संघहरु छन् । पुँजी बजार फोरम यो संघ एफएनसिसि आईको अन्तर्गतको सस्था हो । त्यसैगरि नेपाल इन्भेष्टमेण्ट फोरम, यो पनि पुरानो संघ हो । तर, यो सस्थालाइ मिलि नियन शेयरधनीहरुको सघ भनेर पनि भन्ने गरेका छन् । त्यसैगरी धितोपत्र लगानी संघ, नेपाल पुँजी बजार लगानीकर्ता सघ, शेयरलगानीकर्ता दवाब समुह, स्वतन्त्र पुँजी बजार संघ, नेपाल पुँजी बजार स्वतन्त्र संघ, नेपाल पुँजी बजार लगानीकर्ता सघ, लगानीकर्ता हित सरक्षण मञ्चहरु रहेका छन् ।
त्यसो त कतिपय शेयरलगानीकर्ताहरुको सघ निस्कृय रहेका छन् । केहि लगानीकर्ताहरु आफु लगानीकर्ताहरुको नेता बन्न र राजनीतिक लाभ लिनको लागि मात्र पनि स्थापना गरेका संघहरु पनि नभएका होइनन् । बिगतमा पनि लगानीकर्ताहरुको संघ अल नेपाल शेयर होल्डर एसोशिएन नामको शेयरलगानीकर्ताहरुको सघ थियो तर यो सस्थाको अहिले अस्तित्वमा नै छैनन् भन्दा पनि फरक नपर्ला । नेपालको शेयरबजारमा भेरै समस्याहरु व्यथितिहरु छन तर यसको बारेमा सम्बन्धित निकायसम्म सरोकारवालाहरु सम्म पुर्याउनको लागि संघहरुले पहल गरेको देखिएन । सुनेन भनेर सर्बसाधारण शेयरधनीहरुले भन्ने गरेका छन् के त शेयरलगानीकर्ताहरुको संघहरु आ–आफ्नो स्वार्थको लागि मात्र स्थापना गरेका हुन त ? पछिल्लो समयम शेयरबजार फराकिलो हुँदै गइरहेका छन् । डिम्याटमा आबद्ध हने लगानीकर्ताहरु लगभग ६५ लाख भएको सरोकारवालाहरु बताउँ्छन । तर, पनि शेयरबजारका समस्याहरु जिउका तिउनै छन भन्दा पनि फरक नपर्ला । शेयरलगानीकर्ताहरुको आवाजलाइ बिभिन्न नामकका संघ सस्थाहरुले सम्बन्धि निकाय सम्म पुर्याएका छैन वा पुर्याउन सकेका छैनन् । त्योत शेयरबजार र लगानीकर्ताहरुमा मात्र व्यथिति रहेका होइनन शेयरबजारका नियामाक निकायहरुमा पनि व्यथितिहरु देखिएका छन् । यस बारेमा पनि शेयरलगानीकर्ताहरुको संघहरु बोलेको देखिदैन । पछिल्लो समयमा शेयरबजारले गति लिन सकिरहेको छैन । तर पनि शेयर लगानीकर्ताहरुको हक हित र अधिकारको लागि भनेर स्थापना गरेका शेयर लगानीकर्ताहरुको संघहरुले शेयरबजारका सुधारका लागि पहल गरेको देखिदैन महिनौ दिनसम्म पनि धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति गर्न नसकेता पनि शेयर लगानीकर्ताहरुको संघहरुले समबन्धि निकायमा दवाब दिन सकेन वा दिने कोशिस नै गरेन् । शेयर लगानिकर्ताहरुको बिभिन्न नामधारी संघहरु नाम मात्रको संघ भएका छन भन्दा पनि फरक नपर्ला । आ आफ्नो स्वार्थ सिद्ध गर्नको लागि र राजनीतिक पहुचको लागि मात्र स्थापना गरेको वा भएको जस्तो मात्र देखिन्छ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर