एक्सल डेभलपमेन्ट बैंकले डाक्यो साधारणसभा, के-के छन् प्रस्ताव ?
प्रकाशित:
०६ असार २०८१
एक्सल डेभलपमेन्ट बैंक लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ । बैंकको असार ६ गते विहिबार बसेको संचालक समिती बैठकले असार २९ गते शनिबार सिद्धार्थ होटल, बिर्तामोड झापामा १८ औँ साधारणसभा बोलाउने निर्णय गरेको हो ।
बैंकको साभारणसभा बिहान ११ बजेदेखि सुरु हुने छ । बैंकले गत आर्थिक बर्षको मुनाफाबाट सेयधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ ।
सभाले आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाब, अध्यक्षको बार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने लगाएता ऐजेन्डा पारित गर्नेछ ।
साधारण सभा प्रयोजनार्थ बैंकले असार १७ गतेदेखि बुक क्लोज गर्ने भएको छ त्यसैले असार १६ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन पाउने छन् ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares