एनआईसी एशिया बैंकको साधारणसभा सम्पन्न, ५ अर्बको अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्ने प्रस्ताव पारित

अर्थकागज
प्रकाशित: २१ फागुन २०८१
Image description

काठमाडौं । एनआईसी एशिया बैंकको २७औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सम्पन्न सभाले आर्थिक वर्ष २०८०/०८१ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०८१ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक विवरणहरु उपर छलफल गरी स्वीकृत गर्नुका साथै बैंकको प्रबन्धपत्र र नियमावलीमा समसामयिक संशोधन तथा थप गर्ने प्रस्ताव समेत पारित गरेको छ । त्यसै गरी सभाले प्रतिकित्ता १०० रुपैयाँका दरले ५ अर्बको एनआईसी एशिया अविमोच्य असञ्चिति अग्राधिकार शेयर (NIC ASIA Perpetual Non-Cumulative Preference Share) जारी गर्ने प्रस्ताव पारित गरेको छ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर